image
image

निषेधाज्ञाका बीच  एकैदिन तेह्र अन्तरराष्ट्रिय उडान

काठमाडौँ  ५ जेठ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज एकै दिन १३ अन्तरराष्ट्रिय उडान भएका छन् । विभिन्न एयरलाइन्सका उद्धार, चार्टर्ड, मेडिकल र एयर बबल गरी १३ उडान निर्धारण गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज नेपाल वायु सेवा निगम (एयरलाइन्स) को सबैभन्दा बढी सात र हिमालय एयरलाइन्सको चार उडान उडान तालिका रहेको छ । नेपाल एयरलाइन्सले चीनको बेइजिङ, सेनजेनमा समान एक तथा साउदी अरेबियाका दमाममा दुई उडान र रियादमा एक उडान भर्ने कार्यतालिका छ । भारतको नयाँ दिल्लीमा नियमित एक उडान हुनेछ ।

यस्तै हिमालय एयरलाइन्सले चीनको कुनमिङमा तीन र दमाममा एक उडान गर्नेछ । सिचुवान एयरले छेन्दुबाट कार्गो काठमाडौँ ल्याउँदैछ भने एयर चार्टर्ड सर्भिसको काठमाडौँ–दिल्ली उडान भएको छ । मङ्गलबार ११ उडान निर्धारण गरिएको थियो । आन्तरिकतर्फ हेलिकोप्टर कम्पनी तथा एयरलाइन्सका गरी १० उडान सञ्चालन हुनेछन् । निषेधाज्ञाको जारी अवधिमा पनि आन्तरिक र अन्तरराष्ट्रिय दुवैमा उद्धार, चार्टर्ड तथा कार्गो उडान भइरहेका हुन् ।

अन्तरराष्ट्रिय उडान माथिको प्रतिबन्ध जेठ १७ सम्म लम्बिएको छ । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि नेपालमा अन्तरराष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगायतको थियो । आन्तरिक उडान पनि वैशाख १६ देखि स्थगित छ । यो बीचमा नेपाल र भारतबीच भएको एयर बबल सम्झौताअनुरुप दुई मुलुकको उडानलाई भने निरन्तरता दिइएको छ । उक्त सम्झौताअनुरुप सातामा दुई उडान कायम राख्ने गरी उडान सञ्चालन भइरहेको छ ।

राजधानी काठमाडौँ उपत्यकाको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याउने निर्णय भएको छ । गत वैशाख १६ देखि उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
73.7%
anger आक्रोशित
5.3%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
5.3%
lol हाँसो
15.8%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।